हेटौंडा । अविरल वर्षाका कारण आएको पहिरोले गर्दा हेटौंडा–काठमाण्डौं जोड्ने छोटा सडकहरुमा आधा दर्जन स्थानमा अबरोध भएका छन् । गएराती देखि परेको निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा आधा दर्जन सडक अबरुद्ध भएका हुन् ।

वर्षाका कारण हेटौंडा–भीमफेदी, कुलेखानी सडक र कान्तिलोकपथ सडकमा अबरोध भएको हो । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ छेपारे स्थित दक्षिणकाली सडक खण्डमा बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको छ । अहिले पनि अबिरल बर्षाले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक विभाग सँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसैगरी यही सडक खण्डमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ महालक्ष्मी खोला नजिक मातातिर्थ,चखेल र देउराली जाने सडक खण्डमा पहिरो गएर बाटो पुर्ण अवरोध भएको छ ।

यसैगरी मकवानपुरको भिमफेदि भीमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाडा स्थित कान्ती लोकपथ सडक खण्डमा अविरल बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको र अहिले खुलाईको प्रहरीले जनाएको छ । यसै सडकको ललितपुर एरियामा बाटो अवरोध रहेको छ।

यसैगरी भिमफेदि गाउँपालिका वडा नम्बर–४ रातोमाटे स्थित भैंसे भिमफेदि काठमाण्डौ सडक खण्डमा अविरल बर्षाको कारण पहिरो गई बाटो पुर्णरुपमा अवरोध भएको छ ।

भिमफेदि गाउँपालिका वडा नम्बर–८ माहादेवटार, प्रतापडाडा र बकैया गाउँपालिका वडा नम्बर–१२ आले, बकैया ११ सिमात घुम्ति स्थित कान्ती लोकपथ सडक खण्डमा अविरल बर्षाको कारण सडकमा माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको मकवानपुर प्रहरीले जनाएको छ ।