मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयताले गर्दा नै विकासमा गति आएको बताउनुभएको छ । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास कार्यक्रममा बोल्दै उहाँले संघीयताले गरिबलाई धनि बन्ने व्यवस्था ल्याइ विभिन्न स्थानमा विकासले गतिलिएको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले जेन्जी पुस्ताको अन्दोलनले देशमा विभिन्न जनधनको क्षति भएको बताउँदै युवा पुस्ताको मागलाई सम्बोधन गर्दै प्रदेशमा भ्रष्टाचार मुक्त गर्दै सुशासन युक्त समाज निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले समयमा नै कार्य समपन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री डा.दिनेश चन्द्र देवकोटाले आर्थिक, सामाजिक रुपान्तरणकोलागि उत्पादनसँग जोडिन आवश्यक रहेको भन्दै विशेष परिस्थितिमा बजेट विनियोजन भइ पुल निर्माण कार्य सुरु भएको बताउनुभयो ।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँमा लागत अनुमान गरिएको छ । श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८४ असार ७ गते सम्पन्न गर्ने गरि २०८२ असार ८ गते ठेक्का सम्झौता गरेको हो । पुल निर्माण पश्चात् स्थानीय ८ सय घरधुरी लालाम्वित हुने छन् । भने, पुल नहुँदा बकैया ६ का विध्यार्थीहरुलाई वर्षाको समयमा विध्यालय आवतजावत गर्ने समस्याबाट मुक्ति पाउने छन् ।
पुल निर्माण पश्चात् किसान, विध्यार्थी, स्थानीय तथा गौतम बुद्ध अन्तरास्ट्रिय पर्यटन पार्कको लागि सहज हुने गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत विभिन्न राजनैतिक दलका व्यक्तित्व, समाजसेवि, स्थानीयहरुको उपस्थिति रहेको थियो ।











