मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको छ । पद अनुकूल आचरण नगरेकाे प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त हुनुभएकाे हाे ।
आज बसेको प्रदेशसभाको बैठकले सभामुख मण्डललाई पदमुक्त गर्ने प्रस्तावमाथि छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । प्रस्ताववको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमारी राउत ईशरले मण्डल पदमुक्त हुनुभएकाे बैठकमा घोषणा गर्नुभयाे । गएकाे कात्तिक २७ गते सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले प्रस्ताव दर्ता गराएका थिए ।











