file-photo

राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको दशैँमा टीका लगाइदिनु हुने छैन । कोभिड–१९ सङ्क्रमणका कारण यसपालिको दशैँमा विजया दशमीको दिन राष्ट्रपति भण्डारीले इच्छुकहरुलाई टीका प्रदान नगर्नुहुने भएको हो ।
शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति निकाल्दै यसको जानकारी दिनुभएको हो । साथै भण्डारी यस वर्ष महाष्टमी र कोजाग्रत पूर्णिामाको अवसरमा विभिन्न शक्ति पीठहरुमा सहभागी नहुने जनाइएको छ । कोरोना प्रकोपका कारण सरकारले नागरिकहरुलाई यसपालि स्वास्थ्य मापदण्ड अपनाउँदै सावधानीपूर्वक दशैँ मनाउन आग्रह गरेको छ । यसैबीच प्रधानमन्त्रीले पनि यस किसिमका कार्यक्रम नराखेको जानकारी दिनुभएको छ ।