काठमाडौं, १६ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । उनीहरु १८ बुँदे सहमति पत्रमा आइतबार हस्ताक्षर समेत गरेका हुन् ।
सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गर्नुभएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा। माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गर्नुभयो ।
सहमतिपत्रमा हस्ताक्षर गरेसँगै नयाँ बन्ने पार्टीको चुनाव चिह्न तारा रहने विज्ञप्तिमार्फत जनाएको छ । दलको नाम भने अहिले निर्णय भइसकेको छैन। सहमति पत्रमा पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने उल्लेख छ। साथै, आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ।
यस्ताे छ, सहमति पत्रः












