हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको सेवा १० लाख घरधुरीमा पुगेको अवसरमा हेटौंडामा बिशेष कार्यक्रम आयोजना गरिएको छ । वल्र्डलिङ्क हेटौंडाले १० लाख प्रयोगकर्ता पुगेको अवसरमा सोमबार बिशेष कार्यक्रमको आयोजना गरेर तीन जना पुरानो ग्राहकहरुलाई सम्मान र्गनुका साथै कर्मचारी एवम् ग्राहकहरुबीच केक काटेर खुसि साटासाट गरेको हो ।

No description available.

सो अवसरमा वल्र्डलिङ्क हेटौंडा शाखाका प्रबन्धक नविन पौडेलले सन २०१५ देखि निरन्तर वल्र्डलिङ्कको सेवा लिनुहुने तीनजना गहकलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो । उहाँले संस्थाको लागि यो ठुलो उपलब्धी रहेको र उहाँहरु जस्तै ग्राहकको विश्वासका कारण यो उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो ।

No description available.

उहाँले १० लाख ग्राहक पुग्नुमा सबै ग्राहक वर्ग, कर्मचारीलगायत सबैको योगदान रहेको बताउनुभयो । प्रबन्धक पौडेलका अनुसार वल्र्डलिङ्कको सेवा मकवानपुर जिल्लामा पनि पहिलो नै रहेको बताउनुभयो । जिल्लामा हाल ८ हजार २६० घरधुरीमा सेवा बिस्तार भएको भन्दै आगामी दिनमा वल्र्डलिङ्कको सो बिस्तारलाई थप द्रुत गतिमा अगाडी बढाउने योजना रहेको बताउनुभयो ।

No description available.

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता १० लाख पुगेको हो । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकोमा ग्राहकहरुको अतुलनीय योगदान रहेको वल्र्डलिङ्कले जनाएको छ ।

No description available.
No description available.
No description available.