हेटौंडा । नेकपा (एमाले) ले लोकातान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न आज देशैभरी सचेतना अभियान सञ्चालन गरेको छ । देशभरका सबै वडामा एकसाथ लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान चलाउने घोषणा गरे अनुरुप आज हेटौंडा ९ नम्बर वडामा पनि जनजागरण कार्यक्रम आयोजना गरेको छ ।

May be an image of ‎1 person, dais and ‎text that says '‎तो हतियार हो रिककोदजा दजां दिवय" ओम ओमटोलबिकासर তक टोल विकास संस्थ मडबार्पुरद জকभার سهد ጓ राष्ट्रिय गान सयो थुझा फूलका हामी उटे माला सार्वभीम मै फैलिएका मेची- महाव प्रकतिका कोटी कोटी सम्पदाको बिरहरुका रगतले स्वतन्त्र ज्ञान भुमी. शान्ति भुमी. तराई. प्हाड अखण्ड यो पयारो हाम्रो मातृ भुमी गा सादा मसुरे बहुल जाति भाषा. घर्म संस्कृति छन अम्रगामी राष्ट्र हाम्रो जय जय‎'‎‎

एमाले हेटौंडा–९ का अध्यक्ष वासुदव प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश सचिवालय सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताले पाएको अधिकारलाई संरक्षण गर्नु अभियानको मुख्य उदेश्य रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक पद्धतिमा बिकास र समृद्धि सम्भाव रहेको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । शासन प्रणाली, विकास र समृद्धिका लागि यो भन्दा उत्तम व्यवस्था अर्को हुन नसक्ने उहाँको भनाई थियो । उहाँले सबैको चाहना देश र जनताको उन्नती र प्रगती भएको भन्दै त्यसका लागि सबैको योगदान जरुरी रहेको समेत बताउनुभयो ।

May be an image of 5 people, temple and text


प्रमुख अतिथि खुलालले जनतालाइ हिजो दुख कष्ट दिनेहरु आज जनताको वलिदानबाटै प्राप्त अधिकारका कारण बोलिरहेको भन्दै हिजोको अस्थिरताको जनानी तथा काण्डै काण्डले भरिएको निकाय नै राजसंस्था रहेको बताउनुभयो । उहाँले जनताले प्राप्त गरेको जनताको अधिकार खोसिने कुरा जनताले कुनै हालतमा नमान्ने भन्दै लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिन सबैैमा आग्रह गर्नुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य रामचन्द्र राई, रामचन्द्र अर्याल, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्कीलगायत जिल्ला सदस्यहरु, नगर सदस्यहरु वडासदस्यहरुको उपस्थिती थियो । जनजागरण कार्यक्रम सुरु हुनु पूर्व मोटरसाईकल ¥याली सहित वडा परिक्रममा गरिएको थियो । साेहि अवसरमा हेटाैंडा ९ का टाेल कमिटीमा निर्वाचित अध्यक्षहरूलाइ बधाइ समेत व्यक्त गरिएकाे थियाे ।

May be an image of 3 people
May be an image of 4 people
May be an image of 12 people, motorcycle, scooter and road