मकवानपुर– कर्मचारी मिलन केन्द्र मकवानपुरको अध्यक्षतामा बद्री बहादुर पाठक चयन हुनुभएको छ । शनिबार केन्द्रको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेर पाठकको नेतृत्वमा २१ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो ।

केन्द्रको निर्बतमान अध्यक्ष रुपमा रामकृष्ण थापा, उपाध्यक्षमा दिर्घ नारायण कोईराला, महिला कोषध्यक्षमा गंगा चौलागाई, सचिवमा बरुण शाह र कोषध्यक्षमा राम प्रसाद गजुरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बसन्तराज गौतम, मदन पोखरेल, गुणराज न्यौपाने, राजकुमार लामिछाने, वाशु प्रसाद ढुङ्गेल, राजेन्द्र श्रेष्ठ, सतिष बिष्ट, हरिचन्द्र सापकोटा, टिका बहादुर कार्की, विनोद खतिवडा, लक्ष्मी दाहाल, चन्द्रकला ठाकुरलगायतका चयन हुनुभएको छ । विद्युत प्राधिकरण, हेटौंडा सिमेन्ट उद्योग र स्वास्थ्य क्षेत्रबाट ३ जना सदस्य मनोनयन भए पछि समिति २१ सदस्य पुग्ने बताईएको छ । साथै केन्द्रको सहसचिव र सहकोषध्यक्ष बैठक बसेर मनोनयन सहमति भएको छ । कार्यक्रममा केन्द्रले प्रकाशन गरेको स्मारिका समेत लोकार्पण गरिएको थियो । केन्द्रका निर्बतमान अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव तोयम रायको प्रमुख आतिथ्यता थियो । कार्यसमिति सबैलाई प्रदेशका प्रमुख सचिव तोयम रायले अबिर लगायर बधाई दिनुभएको थियो । बनभोज कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधिशहरु, प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठ, प्रदेश मनत्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।