मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर जारी गरिएको निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटेकाे छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अवस्था समान्य बन्दै गएकाले निषेधाज्ञा र कर्फ्यु हटाइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएको सन्दर्भमा मिति २०८२-०५-२६ गतेदेखि जिल्लामा लागु गरिएको निषेधाज्ञा तथा कर्फ्यू आदेश मिति २०८२-०५-२८ गते विहान १०:०० बजेदेखि हटाइएको उल्लेख छ ।










