काठमाडौं। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ नेपालको संविधान २०७२ को धारा ६१ (४) अनुसार अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराउनु भएको छ । प्रधानमन्त्री नियुक्तिसङै आजै राष्ट्रपति कार्यालयमा उहाँले पद तथा गोपनीयताको सपथ लिनु भएको हो । कार्की नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।











