हेटौँडा । नेपाल निर्माण व्यवसायी महासङ्घको हेटौँडामा भएको २५औँ साधारण सभाको अवसरमा महासङ्घ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले हेटौँडाका दुई संस्थालाई सहयोग गरेको छ । साधारण सभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवं निर्माण व्यवसायी सङ्घ मकवानपुरको समन्वयमा शनिबार छुट्टाछुट्टै दुई संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

No description available.

छुट्टाछुट्टै कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिका–४ स्थित सेन्टर फर अटिजम मकवानपुर र हेटौँडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरेकाे हाे । दुवै संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन र निर्माण व्यवसायी सङ्घ मकवानपुरका पदाधिकारीले २५–२५ हजार रुपियाँ बराबरको चेक प्रदान गर्नुभएको थियो ।

No description available.

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महिला समन्वय समितिका संयोजक गङ्गा पोखरेलले सहयोग हस्तान्तरण कार्यक्रममा महासङ्घको साधारण सभाको अवसरमा आन्तरिक रुपमा स्रोत जुटाएर सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य गीता शाही, निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेललगायतका संस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।