डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् । असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी र नष्ट नगर्न उनले अपील गरेका हुन् ।
अब देश निर्माणमा एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’