हेटौंडा- हेटौंडामा सम्पन्न विद्यालयस्तरिय छात्र फुटबल प्रतियोगिताको उपाधी श्रमिक मा.वि. कर्राले जितेको छ । गत संस्करणको समेत विजेता रहेको श्रमिकले शनिबार सम्पन्न फाईनल खेलमा आधुनिक राष्ट्रिय मा.वि.लाई टाईब्रेकरमा ४–२ ले हराउदै उपाधी जितेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछी खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो । उपाधी सगै श्रमिक मा.वि.ले नगद रु. ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आधुनिक मा.वि. ले नगद रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतिनिधी सभाका सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु, ऋद्धि सिद्धी सिमेन्ट हेटौडाका क्षेत्रिय विक्री प्रबन्धक बिक्रम खतिवडा लगाएत विभिन्न सघंसस्थाका पदाधिकारी एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको सभाध्यक्षतामा भएको हो ।