काठमाण्डौ – पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) सामान्य बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ ।
आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंकको एक सय ५२ अङ्कले, व्यापारको १९, होटल समूहको एक सय ३८ र जलविद्युत् समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको शेयर ६३ अङ्कले, माइक्रो फाइनान्स र उत्पादनको दुईरदुई अङ्कले, अन्यको ३७, जीवन बीमा समूहको ७४ र लगानी समूहको शेयर एक सय सात अङ्कले बढेको छ ।
आज दुई सय २४ कम्पनीका तीन करोड २८ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ३० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज कुमारी इक्विटी फन्डको शेयर साढे तीन प्रतिशतले घटेको छ ।