हेटौंडा । जेन जी पुस्ताको प्रदर्शन नरोकिएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले हस्ताक्षर गरेको आदेशअनुसार साउन २४ गते दिउँसो १ बजे देखी राती १२ बजे सम्म तोकिएका क्षेत्रभित्र कर्फ्यु लागू हुने भएको हो ।
हेटौंडाको पूर्वमा सानोपोखरा पुलसम्म, पश्चिममा राप्तिपुलसम्म, उत्तरमा चौकीटोलको प्रहरी पोष्टसम्म र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म निषेधाज्ञा रहेको प्रजिअ श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जारी आदेशअनुसार तोकिएको सीमा क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना, हुलदंगा, आतिशबाजी तथा भीडभाड गर्न पाइने छैन ।












