मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारीले उत्पादनमुखि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौंडा–११ मा रहेको उपयोगि बचत तथा ऋण सहकारी र सहस्राब्दी बचत तथा ऋण सहकारीको एकिकृत बिशेषा साधारणसभाको उद्घाटन गर्दै प्रमुख खुलालले सहकारीले ब्याज संकलन गर्ने भन्दा पनि उत्पादनमुखि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले सहकारीले धेरैको जिवन स्तरमा सुधार ल्याएको भन्दै समृद्धि प्राप्तीकालागि उत्पादनमुखि क्षेत्रमा लगानी गरेर रोजगार सृजना गर्न तर्फ लगानी बढाउनु पर्ने बताउनुभएको हो । प्रमुख खुलालले भन्नुभयो– हिजो साउ–महाजनको ऋणबाट मुक्ति दिलाउन सहकारीहरुले अहम भुमिका खेलेको र देशकै आर्थिक विकासमा टेवा पु¥याएको । यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने समेत उहाँले बताउनुभयो ।

त्यस्तै प्रमुख खुलालले सहकारीले राज्यलाई तिर्ने राजस्वका विषयमा सहज बनाउनु पर्ने बताउनुभयो । उहाँले राज्यले तोकेको राजस्व तिर्ने कुरामा सहकारीले कन्जुस्याई गर्न नहुने समेत बताउनुभएको छ । साथै प्रमुख खुलालले सरकारले लिएको सुखि नेपाली समृद्ध नेपाल निर्माणमा सहकारीले सहकार्य गर्नुपर्ने समेत बताउनुभएको छ । समाजलाई आर्थिक परिर्वतन तर्फ लाग्नेगरि आर्थिक परिर्वतन तर्फ लाग्नु पर्ने उहाँले बताउनुभयो । उपयोगि बचत तथा ऋण सहकारी र सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षद्धय दिनेश उप्रेती र पवन पण्डितको सहअध्यक्षतामा कार्यक्रम भएको हो ।