नेपालमा पीसीआर परीक्षणको सङ्ख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षण भएसँगै कुल सङ्ख्या २० लाख दुई हजार ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा चार सय पाँच जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । थप ६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ४३ पुगेको छ । बिहीवारसम्म चार हजार चार सय २६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने दुई सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।