काठमाण्डाै, असार ९ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको निजामती सेवा विधेयकमा कुनै पनि संशोधन नगरी संसद्बाट पारित गर्ने बताउनुभएको छ ।

मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अब कुनै पनि संशोधन बताउनुभएको हो । सङ्घीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ मात्र नभई त्यसमा फूलस्टप र कमा पनि परिवर्तन नहुने उहाँको दाबी छ ।









