मकवानपुर,असार ४ । शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको साधारणसभाको तयारी पूरा भएको छ । नागरिकको तर्फबाट मकवानपुरको शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उदेश्यका साथ स्थापित कोषको आगामी असार ६ गते हुने छैठौं साधारणसभाको तयारी पूरा भएको संस्थाका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो ।

विशिष्ट, संस्थागत, आजीवन र साधारण सदस्य गरि कुल १५५ जना सदस्य रहेको कोषको छैठौं साधारणसभा हेटौंडा-४, कमलडाँडामा क्लब हेटौडामा दिउसो १:३० बजेबाट सुरु हुने उहाँले बताउनुभयो । साधारण सभामा सम्पुर्ण सदस्यहरुलाइ सहभागी हुन अध्यक्ष खुलालले आह्वान गर्नुभएको छ । साधारण सभामा संस्थाको संस्थागत प्रतिवेदन आर्थिक प्रतिवेदन प्रस्तुत र सहित पारित गर्दै नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।