मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–९ स्थित छैसठ्ठी मोडमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चित्लाङबाट हेटौंडातर्फ जाँदै गरेको विङ्गर गाडी (प्रदेश २-०३-००१ ज ०१४७) सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार, गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गाडी सल्लाको रूखमा अड्किएको अवस्थामा भेटिएको थियो । प्रहरी चौकी भैसे र सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पताल पठाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









