मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१२ स्थित आल्दमार–कल्याणटार जाने सडकको स्ल्याब ढलानको बिहीबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलानले सडकको शिलान्यास गर्नुभएको हो ।

No description available.

प्रदेश सरकारको लागतमा निर्माणधिन सडकको शिलान्यास गर्नुहुँदै प्रमुख घलानले संरचना बलियो र गुणस्तरीय हुनु पर्ने बताउनुभयो । कुल १६ लाख १६ हजार ५११ रुपैयाँ लागतमा बागमती प्रदेश सरकारको १४ लाख ५१ हजार २५० रुपैया र उपभोक्ता समितिको १ लाख ६५ हजार २६१ रुपैया लागत रहेको छ । आल्दमार–कल्याणटार जाने बाटमे उपभोक्ता समितिका अध्यक्ष मञ्जु कट्टेलको सभाध्यक्षतामा भएको कार्यक्रममा १२ नम्बर वडा सदस्य महेश मट्टराईलगायत स्थानीयको उपस्थिती थियो ।