हेटाैंडा । डाइभर्सन बगाउँदा अवरुद्ध कान्तिलोकपथ बाटो एकतर्फी रुपमा सुचारु भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक आज बिहानै अवरुद्ध भएको थिाये ।
वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध सडक डाइभर्सन मर्मत गरी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हाल उक्त बाटो हुँदै साना सवारी साधन (कार, जिप,स्कारपियो र मोटरसाईकल) लाई एकतर्फी आवज जावतको ब्यबस्था मिलाएको, ठुला सवारी साधनलाई डाईभर्सन बाटो नबनुन्जेल सम्मको लागी आवत जावतमा रोक लगाएको उहाँले बताउनुभयो ।