२ जेष्ठ , नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।