मकवानपुर । बागमती प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन अन्त्य गर्नुभएको हो ।
सरकार र प्रतिपक्षबीच बजेटका सम्बन्धमा विवाद रहेकाले हिजो दिउँसाे १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रभावित बनेको थियो । आज १ बजेका लागि बैठक बोलाइए पनि बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिश गरेको हो । गएकाे माघ १८ गतेदेखि शुरू भएकाे अधिवेशनमा ७ वटा बैठक बसेको छ । विधेयक अधिवेशनका रूपमा चिनने हिउँदे अधिवेशनबाट नयाँ विधेयक पास नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
