मकवानपुर – जिल्ल समन्वय समिति मकवानपुरका पूर्व प्रमुख रघुनाथ खुलालले सामाजिक, धार्मिक क्षेत्रमा श्रीकृष्ण प्रणमी सेवा समितिले निकै राम्रो काम गरेको बताउनु भएको छ । शनिबार हेटौंडा–६, गौरीटार स्थित श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरिटारको प्राङ्गणमा नव निर्मित महामती मञ्चको उद्धघाटन गर्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेश सरकारको १४ लाख १८ हजार आर्थिक सहयोग र बाँकी श्रमदानबाट श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरिटारको प्राङ्गणमा करीब २५ लाखको लागतमा महामती मञ्च निर्माण भएको हो । मञ्चको उद्धघाटन गर्नुहुँदै पूर्व प्रमुख खुलालले सकारात्मक भएर मात्र समाजलाई परिर्वतन ल्याउन सकिने बताउनु हुँदै समाज परिर्वतनमा श्रीकृष्ण प्रणामी सेवा समितिको बिशेष भुमिका रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जिल्लामा आईपर्ने विभिन्न किसिमका (कोरोना, बाढीपहिरो) जस्ता विपतका बेला समेत श्रीकृष्ण प्रणामी सेवा समितिले भरपुर सहयोग प्रदान गरेको स्मरण गर्नुभयो ।
श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरिटारका अध्यक्ष बासुदेव खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहाकार राम प्रसाद शर्मा, युवा परिषद केन्द्रिय सदस्य ईश्वर खतिवडा, श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदार चौलागाई, जिल्ला युवा परिषद अध्यक्ष राजु खतिवडा, महिला समिति अध्यक्ष देवकी खतिवडा, श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरिटारका उपाध्यक्ष हरिप्रसाद चौलागाई, सहसचिव पुरुषोत्तम ढकाललगायतको उपस्थिती थियो ।
Home प्रदेश बागमती प्रदेश सामाजिक क्षेत्रमा श्रीकृष्ण प्रणामीको कार्य प्रशंसनिय – पुर्व प्रमुख खुलाल