हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले रिहा गरेको छ । भरतपुर विमानस्थलबाट आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएका उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो ।
राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीर जलाएका थिए । प्रहरीले रिहा रिहाइलगत्तै स्थानीय नेता कार्यकर्ताले बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा खादाले स्वागत गरेका थिए ।