मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुरको मनहरी गाउँपालिका–७, पञ्चेबाट २० ग्राम ६३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित २ जना भरतीय नारिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७ पेन्चे स्थित भित्री सडकखण्डमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको व्ज्ण्घख्ण्छघढ नम्बरको भारतीय स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा लागूऔषध सेतो हेरोईनसहित भारतीयको ग्राम पथेल, थाना राजपुर, पाथेल, चतरा, झारखण्ड (८२५४०१ बस्ने बर्ष २८ का संजय मांझी र सोही गाडीमा सवार भई आएका भारतको आत्मज लखन सिंह खरवार थाना मोहनपुर, पोष्ट भलुआ, मसौन्धा मोहनपुर, गया, बिहार ८२४२३२ बस्ने बर्ष ३७ का रामदुलार कुमार पक्राउ गरेको हो । लागुऔषधसहित नियन्त्रणमा लिईएका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट लागु औषध सेतो हेरोईन सम्बन्धी कसुर मुद्धामा ०८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









