मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । १९ फाल्गुन २०८१, सोमबार मनहरी गाउँपालिका–७, स्थित मनहरी पुरमा भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग स्थित मनहरी पुरमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका– पिठुवा बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय राजमी गौतम घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनालाई मनहरी अस्पताल लगिएकोमा थापालाई डाक्टरले मृत घोषणा गरेको साथै गौतमलाई थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेशगंज बस्ने ओम प्रसाद खनाललाई नियन्त्रणमा लिएको जनाएको छ ।











