
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको पन्ध्रौँ (हिउँदे) अधिवेशन बैठक आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले यही माघ १८ गते शुक्रवार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

