मकवानपुर । सहिद सप्ताह २०८१ का अवसरमा आज छैटौं दिन वक्तित्वकला प्रतियोगिता भएको छ । सहिद स्मारक विकास समितिको आयोजना तथा मदन भण्डारी फाउण्डेसन मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिता सहिद स्मारक विकास समितिका अध्यक्ष एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । “लोकतन्त्र प्राप्तिकोलागि राजनीति दलहरुको भुमिका” विषयक नगर स्तरीय बाल क्लबहरुको सहभागीतामा भएको प्रतियोगितामा विभिन्न वडाका १२ जनाको सहभगीता रहेको थियो ।

प्रतियोगीमा सुप्रिया मोक्तान प्रथम, आदित्य पराजुली दोस्रो,सुनिल न्यौपाने तेस्रो र सपना बर्तौला सान्त्वना प्रतियोगिता संयोजक कुमार केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार पाँच, द्धितिय हुनेलाई नगद ७ हजार पाँच, तृतिय हुनेलाई ५ हजार पाँच र सान्त्वना हुनेलाई एकहजार पाँच रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली अन्तिम दिन माघ १६ गते बिहान साढे ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, पुष्पार्पण, श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने छ ।











