मकवानपुर । लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको बिकट कैलाश गाउँपालिका-७ को सामुदायिक विधालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार आइतबार कैलाश-७ स्थित श्री काेथलिटार आधारभुत विधालयका १३४ जना विधार्थीलाई विधालय पाेषाक स्वीटर हस्तान्तरण गरेको हो ।

क्लबले अधिकतम विपन्न समुदाय चेपाङ बालबालिकाहरू अध्यन गर्ने उक्त विधालयमा जाडो समयमा विधार्थिहरूलाई चिसोबाट बच्न राहत पुगोस् र बिध्यालयमा नियमित उपस्थिति होस् भन्ने उदेश्यले स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष अन्जन प्रसाद पौडेलले जानकारी दिनुभयो ।

लायन्स क्लबका सदस्य कमल अधिकारीको संयोजकत्वमा कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रीक को-चिफ एडभाइजर प्रलाद मिश्र, विधालय ब्यवस्थापन अध्यक्ष, विधालयका प्रधानाध्यापक, र अभिभावकहरूको रोहवरमा विद्यार्थीहरुलाइ स्वीटर वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मिश्रले लायन्स क्लबले सामाजिक सहयाेगमा गरेकाे कामकाे उच्च प्रशंसा गर्दै यस्ताे कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।