मकवानपुर– बाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । कोभिड महामारीलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनाका लागि टेण्डर आह्वान गरेको छ । अक्सिजन प्लान्ट खरिदका लागि मन्त्रालयले मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो ।
मन्त्रालयले प्रदेश मातहतका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ । यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले टेन्डरको प्रक्रिया छोटो गर्न हालै आएको अध्यादेशले पनि सहज बनाएको हो ।
सामाजिक विकास मन्त्री सरस्वती सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना भईसक्ने बताउनुभएको छ । छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताउनुहुँदै उहाँल ेअिक्सन प्लान्ट नभएका प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट र १३ वटै जिल्लामा कम्तीमा एक÷एक वटा पीसीआर मेसीन राख्ने तयारी रहेको बताउनुभयो । प्रदेश मातहतका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै अक्सिजन प्लान्ट सन्चालनमा रहेको र बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न लागिएको उहाँले बताउनुभयो । उहाँले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । यस अघि बागमती प्रदेश सरकारले कोभिडको दोस्रो लहर बढेसङ्गै ’एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको उहाँले बताउनुभयो ।