मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोमबार ५१औं विश्व वातावरण दिवस मनाएको छ । गाउँपालिकाले चेतनामुलक र्याली, बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेर ५१औं विश्व वातवरण दिवश मनाएको हो ।

गाउँपालिकाले चमेरो गुफा तथा जलपरी झरना पर्यटकीय क्षेत्रमा दिवशका अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायत जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थीलगायत स्थानीयको सहभागिता थियो । ‘प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ यो वर्ष विश्व वातावरण दिवश मनाईएको हो ।