हेटौंडा– हेटौंडाकी एक महिला पत्रकारलाई पनि कोरोना सङक्रमण भएको पाइएको छ । हिजो शुक्रबार साँझ प्राप्त रिपोर्टमा कोरोना सङ्क्रमित चारजना मध्ये एकजना हेटौंडाकी महिला पत्रकार पनि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लामा पहिलो पटक पत्रकारकामा कोरोना सङ्क्रमण पाइएको हो । कोरोना सङ्क्रमित महिला पत्रकारलाई आइसोलेसन वार्डमा ल्याईएको छ ।