हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार भएको मतदानपछि मतगणनाको कार्य केहिबेरमा सुरु हुने भएको छ । मतगणनाकालागी निर्वाचन समितिले उम्मेदवारहरुसँग छलफल गरिरहेको र छलफलपछि केहिबेरमा मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचनमा अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट प्यानलबीच प्रतिस्पर्धा रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघका २ हजार ४६ मतदाता सदस्य मध्ये १ हजार ८ सय १६ जनाले मतदान गरेका छन् । निर्वाचनमा वाणिज्य तर्फ ११५४ जना, उद्योग तर्फ ५५५, एसोसिएट तर्फ ८१ र बस्तुगत तर्फ २६ जनाले मतदान गरेका छन् । निर्वाचनबाट संघको ३ वर्षे कार्यकालमा नयाँ समिति चयन हुनेछ । शनिबार बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म मतदान भएको थियो ।