मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा १८१६ जनाले मतदान गरेका छ्न । विहान ९ बजेबाट सुरु भएको मतदानमा कुल २०६७ मतदाता मध्ये १८१६ जनाले मतदान प्रक्रिया सहभागिता जनाएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभएको छ ।
निर्वाचनमा वाणिज्य तर्फ ११५४ जना, उद्योग तर्फ ५५५, एसोसिएट तर्फ ८१ र बस्तुगत तर्फ २६ जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृत ढकालका अनुसार अब केहिबेरमा मतगणना औरु हुने छ । तीन वर्षे कार्यकालका लागी संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोदसिं रानाभाट अध्यक्ष पदमा आफ्नो आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिनु भएको छ । यस अघि रानाभाट प्यानलबाट ६ जना र अग्रवाल प्यानलबाट एक जना निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
रानाभाट प्यानलबाट उद्योग सचिव रुपकराज दाहाल, एशोसियट सचिव माधव ज्ञवाली, सदस्यहरुमा हेटौंडा औद्योगिक क्षेत्र सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेल, निलम बजगाईं, मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती निर्विरोध निर्वाचित हुनुभएको छ । अग्रवाल प्यानलबाट भने वाणिज्यतर्फको महिला आरक्षण कोटामा निलम पाण्डे निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।