मकवानपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मकवानपुरको अध्यक्षमा पुनः रामचन्द्र न्यौपाने चयन हुुनु भएको छ । शुक्रबार हेटौंडामा सम्पन्न मानव अधिकार एलाइन्स मकवानपुरको ७औं जिल्ला अधिवेशनले ९ सदस्यीय समिति गठन गरेको हो ।
एलाइन्सको उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सानुभाई विक र कोषाध्यक्षमा मनिसा घले चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जयराम घिमिरे, गिता दर्लामी, सुमित्रा श्रेष्ठ, भोलाकुमार पौडmे र सचिता भट्टराई चयन हुनु भएको हो ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालका अध्यक्ष राचन्द्र न्यौपानेको अध्यक्षता र एमाले केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि रानाले लोकतन्त्र र गणतन्त्रको हिस्सेदार एलाइन्स पनि भएको बताउनुभयो । समाजको अधिकार सँग जोडिएका सङ्घ संस्था सँग जोडिएर एलाइन्सले काम गर्दे आएको बताउँदै विभिन्न तप्काका व्यक्तिहरूलाई एलाइन्समा सरिक गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सङ्घ सस्थाहरुले समाजको हितमा सदैव काम गर्नुेपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, एलाईन्स केन्द्रिय सदस्य तुलसी रिजाल, प्रदेश सहसचिव अन्जन प्रसाद पौडेल, एमाले मकवानपुरका उपसचिव आरती पाठक, जिल्ला कमिटी सदस्य शिवहरी दाहाल, सन्तोष पौडेल, गोकर्ण तिवारी, गैसस महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विकलगायतको आतिथ्यता थियो ।