मकवानपुर । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न अपराध सम्बन्धी घटनाकाे मुद्दामा बृद्धि भएको पाईएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर आर्थिक बर्ष २०७९÷०८० मा अपराध सम्बन्धी घटनाकाे मुद्दामा ६.२२ प्रतिशत बृद्धि भएको जनाएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले प्रदेश प्रहरी कार्यालय र यस मातहतका कार्यालयहरुमा आर्थिक वर्ष २०७८÷०७९ मा कुल ४ हजार ४०५ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ६.२२ प्रतिशत बढेर ४ हजार ६७९ वटा मुद्धा दर्ता भएको बताउनुभयो । आव ०७९÷८० मा संख्यात्म्क रुपमा सबैभन्दा बढी आत्महत्याका ९४० वटा दर्ता भएको र प्रतिशतको आधारमा सबैभन्दा बढी ठगी सम्बन्धी मुद्धामा ४३.४८ प्रतिशतले बुद्धि भएको रेग्मीले बताउनुभयो ।
प्रवक्ता रेग्मीका अनुसार बागमती प्रदेशमा आव २०७९÷८० मा कर्तव्य ज्यान सम्बन्धी ४३ वटा, ज्यानमार्ने उधोग सम्बन्धी ६८ वटा, सवारी ज्यान सम्बन्धी २३६ वटा, लागुऔषध सम्बन्धी ३६३ वटा, जबरजस्ती करणी सम्बन्धी २६४ वटा, जबरजस्ती करणी उधोग सम्बन्धी ६३ वटा, आत्महत्या सम्बन्धी ९४० वटा, ठगी सम्बन्धी ६६ वटा, चोरी सम्बन्धी २९० वटा, जुवा सम्बन्धी ३६ वटा, बहुविवाह सम्बन्धी ६८ वटा र अन्य शिर्षकमा २२४२ वटा मुद्धा दर्ता भएको छ ।
यस्तै बागमती प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयहरुमा फैसला कार्यन्वयन तर्फ आव २०७९।०८० मा विभिन्न मुद्धामा ११७२ जना पक्राउ परेको तथा कुल ४६६२ पेण्डिङ मुद्धा मुद्दा मध्ये २४४१ मुद्धा फर्छौट गर्न सफल भई ७ करोड ९ लाख ८ हजार ५८८ रुपैयाँ जरिवाना रकम असुल भएको जानकारी दिनुभयो । यसै अवधिमा विभिन्न मितिमा फैसला भई कैद भुक्तान गर्न बाँकी ४३२ बर्ष १ महिना २८ दिन कैद अवधी भुक्तानी गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सयै अवधिमा प्रदेशमा कुल १३६१ दुर्घटना भएको जसमा २९९ जनाको मृत्यु हुनुका साथै २८९१ जना घाईते भएको उहाँले बताउनुभयो । भने तस्करी नियन्त्रण तर्फ ८० जना पक्राउ परेको र रु १८ करोड १० लाख १५ हजार ७३१ रुपैया जरीवाना असुल उपर गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० मा कुल २ लाख ९१ ह्जार २९३ वटा ट्राफिक कारवाहीबाट २६ करोड ३६ लाख ८३ हजार ५ सय रुपैया जरिवाना असुल गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
यसै अवधिमा प्रदेश प्रहरी र यस मातहतका कार्यालयहरुले गाँजा ८३८२ केजि, चरेश १७० केजि, अफिम १६केजि, खैरो हिरोईन ३५६ ग्राम र ३८, १९५ थान औषधिजन्य पदार्थ बरामत भई ५५६ जना मानिस पक्राउ परेको रेग्मीले बताउनुभयो । भने आव २०७९÷०८० मा ४७ नाल अबैध हातहतियार बरामद भएको र ३१ जना मानिस पक्राउ परेको उहाँले बताउनुभयो ।
यस्तै नदिजन्य दोहन नियन्त्रण तर्फ आव २०७९।०८० मा ४०२ वटा सवारी पक्राउ गरिएको र ६४ लाख ६९ हजार ६७२ रुपैया जरिवाना गरिएको बताउनुभयो । यस्तै यसै अवधिमा अवैध घरेलु मदिरा नियन्त्रण तर्फ ६ वटा भट्टी, ७४ हजार १३४ लिटर तयारी मदिरा र २९६८६ लिटर तथा ७५५० केजि कच्चा पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता रेग्मीले आव २०७९÷०८० मा २३८ विगाहा गाँजा तथा २३१ विगाहा अफिम खेती नष्ट गरिएको जानकारी दिनुभयो । भने १७४६ जना हराएका मध्ये १५२० जनालाई फेला पारिएको बताउनुभयो । यस्तै प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत आव २०७९।०८० मा ५४२३ कार्यक्रममा ५,०७,१२२ जनालाई सहभागि गराई सचेतना फैलाउन सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणाले आफ्नो कार्यालय र मातहतका कार्यालयहरुबाट प्रभावकारी रुपमा योजनावद्ध रुपमा कार्यसम्पादन गर्ने योजनाका साथ अगाडी बढ्ने बताउनुभयो । आगामी प्राथमिकताहरुका बारेमा जानकारी गराउनुहुँदै उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्मार्ट कन्ट्रोल रुमको आधारणालाई अन्य जिल्लामा सञ्चालन गर्ने, अपराधको गहन विश्लेषण गरी सचेतनामुलक कार्यक्रम संचालन गर्ने, बढ्दो अवैध गाँजा÷अफिम खेतिलाई विस्थापित गर्न कृषकलाई कृषि÷नगदे बाली तर्फ आकर्षित गर्ने खालको कार्यक्रम गर्ने, फरार अपराधी पक्राउमा तिब्रता दिने, सबै किसिमको तस्करी नियन्त्रण गर्ने, गंभिर एवं जघन्य पुराना पेण्डिङ मुद्धा सफल अनुसन्धानमा जोड दिने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पुर्णरुपमा निषेध गर्ने, लागु औषधको खेति, बिक्री वितरण, ओसारपसार र प्रयोग विरुद्ध विशेष अभियान संचालन गर्ने, प्रहरी जनशक्ति सुदृढिकरण एवं शुन्य सहनशिलताको नीति अबलम्बन गर्ने, प्रहरी कर्मचारीको आचरण व्यवहारमा सुधार गर्ने, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन प्रहरी उत्प्रेरणाका गतिविधिहरु संचालन गर्ने लगायतका योजना रहेको जानकारी दिनुभयो ।