हेटौंडा – कोरोना संक्रमणको असर बागमती प्रदेशमा पनि परेको छ । बागमती प्रदेशमा निरन्तर यसको टेष्ट भईरहेको छ । प्रदेशभर आईडिटि र पिसिआर गरी अहिलेसम्म ११ हजार ३ सय २४ को टेष्ट गरिएको छ । जसमध्ये ९ हजार ६० जनाको र्यापिड टेष्ट गरिएको छ भने २ हजार २ सय ८३ जनाको पिसिआर टेष्ट गरिएको छ ।

अहिलेसम्म बागमती प्रदेशमा ७ जनामा कोरोना भेटिएको थियो । जसमध्ये २ जनाको उपचार भईरहेको छ भने ५ जना उपचारपछि निको भएर घर गईसकेका छन् ।  उपचारपछि निको भएर घर गएका मध्ये काठमाडौंमा एक पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएपछि उपचार भईरहेको छ । पुरानै एक विरामी भने अझै उपचाररत रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । चितवनकी ति महिलाको पछिल्लो पटक गरेको परिक्षणमा पनि कोरोना पोजेटिभ आएको छ ।

Corona-B-1588903846.jpg