मकवानपुर । नेकपा (एमाले) को भातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको बागमती गाउँपालिका स्तरिय कमिटी गठन गरिएको छ । शुक्रबार कमिटीको प्रथम अधिवेशनबाट राम बाहादुर आलेको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको हो ।
संगठनको उपाध्यक्षमा नोमान स्याङ्तान, सचिवमा सरोज वाइबा, सहसचिवमा निरमायाँ नेगी र कोषाध्यमा भोज कुमारी दुलाल सर्वसम्मत चयन हुनु भएको हो । यस्तै संगठनको सदस्यहरुमा कमल राई, इन्द्रकुमार राई, देव मोक्तान, चन्दध्वज मोक्तान, गंगा जिम्बा, रामबहादुर मोक्तान, बिरबहादुर जिम्बा, वोजबहादुर मोक्तान, मेगबहादुर थिङ, ज्ञानध्वज लोप्चन र शुक्रबहादुर थिङ चयन हुनु भएको छ ।
संगठनको प्रथम भेलामा एमाले मकवानपुरका सदस्य एवम् भूमि अधिकार तथा श्रमिक संगठनका ईन्चार्ज दिलु घर्ती मगर, संगठनका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, पार्टी जिल्ला कमिटी सदस्य एवम् वागमती गाउँपालिका ईन्चार्ज राजकुमार तिमल्सिना, जिल्ला कमिटी सदस्य दिपेश परियार, दिलदोर्जे पाख्रिन, लेखा कमिटी सदस्यकेशव केसी, पूर्व जिल्ला कमिटी सदस्य खेमराज जर्गामगर, पार्टी पालिका अध्यक्ष नरबहादुर घलानलगायतको उपस्थिती थियो ।