हेटौंडा । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनअन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित कार्यक्रममार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन् । सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनूप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।
काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चयन भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, रन्जित पुतुवार र गंगा थापा मगर चयन भएका छन्।
ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा तामाङ, विभिन्न खेलकुद संघका पदाधिकारी र क्लाइम्बिङ स्पोर्ट्सका अन्य सदस्यहरुको उपस्थिति थियो।