फाइल फाेटाे

हेटौंडा– बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । असार १ गते बजेट ल्याएको प्रदेशसभाको बैठक बजेट पास गरेपछी मात्र स्थगित गर्नुपर्ने भएपनि एक्कासी स्थगित गरिएको छ । बजेट माथीको छलफल एक दिन मात्र गरेर सभामुख सानुकुमार श्रेष्ठले अनिस्चित कालका लागि बैठक स्थिगित गर्नुभयो ।

बैठक कहिले बोलाएर बजेट पास गर्ने भन्ने कुरा अनिस्चित रहेको सांसदहरुले वताएका छन् । धेरै सांसदलाइ बैठक किन स्थगित गरियो भन्नेकुरा जानकारी समेत नभएको वताएका छन् । बजेट बाडफाडमा कुरा नमिलेपछी सत्तापक्षकै सांसदे बजेट पास गर्न नदिने चेतावनी दिएपछी संसद बैठक स्थगित गरिएको हो ।

बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिनुभयो । प्रदेश सभामा गत असार १ गते आगामी आर्थिक वर्ष ०७७/७८ को लागि सरकारले बजेट प्रस्तुत गरेको थियो । सो बजेटमाथि छलफल गरी बजेट पास गर्नुपर्ने समयमा अनिश्चित कालको लागि बैठक स्थगित भएको हो ।

प्रदेश सभा सदस्यहरुले बजेटको रातो पुस्तक नपाएको र पुस्तक नपाएसम्म बजेटमाथि छलफल अगाडि नबढाउने अडान सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले राखेपछि बैठक स्थगित गर्न सभामुख बाध्य भएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र उपनेता कृष्णलाल भडेँलले निरन्तर बैठक संचालन गरेर बजेट पास गर्ने काम अगाडि बढाउन आग्रह गरेका थिए । बजेट र केही बिधयक पारित गरिसकेपछि बरु केही समय ग्याप राखेर सभा सुरु गरौँ भन्ने आग्रह गर्नुभएको थियो ।

तर सभामुख सानुकुमार श्रेष्ठलाई सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेट पुस्तको बृस्तृत अध्ययन गरेसम्म कुनैपनि हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि श्रेष्ठले अनिश्चितकालको लागि सभा स्थगित गर्नुभएको हो ।