मकवानपुर । आगामी मङ्सिर १६ गते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गराउनुभएको छ ।
आइतबार निर्वाचन कार्यालयमा पुगी प्रस्तावक सुदर्शन प्रसाद लामा र सरन बहादुर घलेको समर्थनमा नेपाली काङ्ग्रेसका तर्फबाट तिवारीले मनोनयन दर्ता गराउनु भएको हो ।
यस अघिको निर्वाचनमा पनि उम्मेदवारी दिनुभएका तिवारी दोस्रो हुनु भएको थियो । उहाँले १३४० मत प्राप्त गर्दा निर्वाचित हुनु भएका ललित घलानले १३७१ मत प्राप्त गर्नु भएको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्ष घलान जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो। हेटौँडा-१२ मा महिला ४१७४, पुरुष ३८७८ र अन्य १ जना गरि कुल ८०५३ मतदाता रहेका छन् ।