हेटौंडा । हेटौंडा–९, स्थित केदारेश्वर महादेव मन्दिर संरक्षण समितिको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षता एवम् हेटौंडा–९, का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभामा कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मतीबाट चयन भएको छ । समितिको उपाध्याक्षमा सिमा बराल, सचिवमा मेघराज घिमिरे, कोषाध्यक्ष प्रभा बराल र सदस्यहरुमा मन्जु सुवेदी, बिजय अधिकारी, कल्पना बस्नेत, तारा प्याकुरेल आवद्ध हुनुहुन्छ । साधारण सभाले संस्थाका कोषाध्यक्ष गोकुल पौडेलद्वारा प्रस्तुत आय व्यय प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । भने, संस्थाको विधानसमेत संसोधन गरेको थियो । कार्यक्रममा मन्दिरको उन्नती प्रगतिमा योग्दान पु¥याउनु हुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।