हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित प्रगति माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । प्रगति बाल समुहको आयोजना जनप्रतिनिधिसंग बिधार्थी शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिधार्थीहरूले वडामा भईरहेका शिक्षा, स्वास्थ्य, विकास निर्माण, बालबालिकाको शैक्षिक एवम् अतिरिक्त विकासमा तथा आगामी योजनाका बारेमा जनप्रतिनिधिसंग प्रश्न गरेका थिए । कार्यक्रममा बिद्यार्थीले उठाएका प्रशनहरुको जवाफ वडा अध्यक्ष सुकराम केसीले दिएका थिए । उनले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई डिजिटल बोर्ड, पंखा उपलब्ध गराउनुका साथै भौतिक संरचना निर्माणमा जोड दिएको बताए । उनले वडामा गर्नुपर्ने काम धेरै भएको र बजेटको अभावले एकैसाथ सबै सम्बोधन गनै कठिन हुने भएकोले क्रमिक संग गर्दै जाने बताए ।
बाल समुहकी अध्यक्ष सदिक्षा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने, विधालयका प्राचार्य निरन्जन प्रसाद ढकाल, वडा सदस्यहरु, वडा बाल संजालकी उपाध्यक्ष मानुषी कोइराला, शिक्षक, विधार्थी लगाएतको उपस्थिति रहेको थियो ।