मकवानपुर । नेकपा एमाले पार्टी सेल्टरदाता बालकुमारी थापाको स्मृति दिवशका अवसरमा दुई जनालाई सम्मान गरिएको छ । पार्टी सेल्टर दाताको निधन भएको ४ वर्षपछि उनको बासस्थान नजिकै मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा थापा जस्तै दुई नेतृहरु उनकै नामबाट सम्मानीत भए ।

कार्यक्रममा एमाले मकवानपुरकोलागि अगुवाइ गर्ने हस्तिको रुपमा परिचित बालकुमारी थापाका सहयोद्धाहरु तारा लामा र सिता लामिछानेलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशको पूर्व प्रमुख सिता पौडेल, बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलेलगायत पाटीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती थियो । गण्डकी प्रदेशको पूर्व प्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य पौडेललगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा सहभागी सबै नेता तथा कार्यकर्ताहरुले पार्टी आमाको नामले चिनिने स्व. बालकुमारी थापाले पार्टीमा गरेको योगदानको कदर गरे, स्मरण गरे । आफूहरुले थापाको जीवनीबाट पाठ सिकेको भन्दै योगदानलाई पछ्याउनु पर्ने बताए ।

उनीहरुलाई बालकुमारी थापा स्मृति केन्द्रको आयोजना तथा अखिल नेपाल महिला संघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा केन्द्रकी अध्यक्ष तथा जुनेली श्रेष्ठले केन्द्रमार्फत मकवानपुरको राजनीति तथा समाज सेवामा योगदान गर्ने महिलालाई सम्मान गरिने बताइन् । “हामी कुन पार्टी वा दलको मान्छे भनेर हेर्ने छौनौ, पहिलो पटक भएकाले हामीले आफ्नै पार्टीका योद्धालाई सम्झियौ, तर आगामी वर्षबाट हामी पार्टीभन्दा माथि उठेर महिलाको योगदानलाई सम्मान गर्नेछौ” श्रेष्ठले भनिन् । महिलाहरुको योगदानलाई खोजि गर्ने, अभिलेखिकरण गर्ने र सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यका साथ बालकुकारी थापा स्मृति केन्द्र स्थापना गरिएको सचिव सुमित्रा काफ्लेले बताइन् ।

को हुन् सम्मानीत तारा लामा
वि.स २०१९ साल असार १५ मा मकवानपुरको फाखेल ४ कफ्लेनी (हाल इन्द्र सरोवर) मा आमा मानकुमारी लामा र बुबा मानबहादुर लामाको सन्तानको रुपमा जन्मेकी तारा लामा वि.स २०३२ सालमा पार्टी सम्पर्कमा आएकी थिइन् । मकवानपुरले कम्युनिष्ट आन्दोलनमा आफ्नो उर्जाशिल समय खर्चेकी लामाले गाउँदेखि शहरी स्तरमा पार्टी कमिटी विस्तार र मजबुतीको लागि योगदान गरिन् ।
वि.स २०६४ सालमा पार्टी सदस्य लिएकी लामा २०३८ मै अनेमसंघ मकवानपुरको जिल्ला सचिव भएकी थिइन् । पार्टी काममा लागिपर्दा जेल जीवन समेत भोग्नु परे पनि उनीले सधैं आफ्नो मातहतका महिलाहरुलाई जोश प्रदान गर्ने गरेकी छिन् । “हाम्रो पालको राजनीति ज्यानै माया मारेर गर्नु पथ्र्यो, अहिले जस्तो थिएन” सम्मान ग्रहण पछि उनले भनिन् “आफ्नो ज्यान र परिवारभन्दा पार्टीको माया लाग्थ्यो ।”

को हुन् सीता लामिछाने
वि.स २००५ जेष्ठ १५ गते धादिङ जिल्लाको ७ घुम्तीमा आमा विष्णुमाया पण्डित बुवा ठूले पण्डितको सन्तान सीताको १० वर्षकै उमेरमा विवाह भएको थियो । मकवानपुर जिल्ला चित्लाङ निवासी केशव लामीछानेसँग विवाहपछि मकवानपुर आएकी सीता २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागिन् ।
वि.स २०३८ सालमा अध्ययन समुहमा आवद्ध भएकी उनी पार्टी टोल कमिटीमा २०४० सालमा नगरसम्मेलन तयारी समितीमा २०४१ मा वडा कमिटीमा आवद्ध २०५३ सालमा सक्रिय भइन् । सानैदेखी बिद्रोही स्वभावको सीता आफूमाथि समेत हिंसा हुँदासम्म आफूलाई सम्हालेर पार्टीको निर्देशनमा अडिग नेतृ मानिन्छिन् ।
पार्टी लडाकुहरुलाई भूमीगत काममा सहयोग गरेको, सुरक्षा दिएको साथै बस्ति, टोल स्तरदेखि जिल्ला तहसम्म संगठन विस्तार र सुदृढीकरणमा योगदान वापतसम्मान गर्दै उनीहरुलाई सम्मान गरिएको केन्द्रकी सचिव सुमित्रा काफ्लेले बताइन् ।