हेटौंडा । नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेश समितिको नव निर्वाचित कार्यसमितिले पद तथा गोपपनियताको सपथ ग्रहण गरेको छ । गत जेठ २७ गते मकवानपुरका सुपेन्द्र कार्कीको अध्यक्षतामा सर्वसम्मत चयन भएको ११ सदस्य नयाँ कार्यसमितिलाई शनिबार काठमान्डौंमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिनुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराईएको हो ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा मकवानपुरका सुपेन्द्र कार्की, उपाध्यक्षमा चितवनका रुद्र प्रसाद शर्मा, सचिवमा मकवानपुरकै लक्ष्मण घिमिरे, सह—सचिवमा चितवनका मिलन लोप्चन, कोषाध्यक्षमा धादिङका दिपक बहादुर मल्ल र सदस्यहरुमा धादिङका मिलन रिजाल, चितवनका सावित्रा न्यौपाने, दोलखाका रमेश श्रेष्ठ, सदस्य समावेशीमा मकवानपुरका ललिता सिंह ठकुरी, र काठमान्डौंका सदिक्षा महर्जन निर्विरोध निर्वाचित हुनु भएको हो ।
शनिबार संघका निर्वतमान अध्यक्ष प्रो. डा. किशोर अधिकारीको अध्यक्षता एवम् बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीको प्रमुख अतिथ्यतामा भएको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका डिन दुर्गाकुमारी खड्का लगायतको सहभागिता थियो । नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेशमा आजिवन ३३४ र साधारण १४२ गरि कुल ४७६ जना सदस्य रहेका छन् ।