मकवानपुर– शैक्षिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुर नामक संस्थाले छात्रबृति रकम वितरण गर्ने निर्णय गरेको छ । संस्थाको आज बसेको बैठकले पहिलो चरणमा यो वर्ष मकवानपुर जिल्लाबाट छात्रबृति वितरणको काम सुरु गर्ने निर्णय गरेको हो ।

शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुरका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले यो वर्ष जिल्लाका १० पालिकाबाट एक÷एक जना द्धन्द पिडित/अभिभावक विहिन कक्षा ९ देखि १२ सम्म अध्यनरत छात्रछात्रालाई छात्रबृति वितरण गर्ने निर्णय गरेको हो । छात्रबृति वितरणका लागि संस्थाले कार्यविधि बनाएको साथै छात्रबृति प्राप्त गर्न निवेदनको ढाँचा समेत तयार पारेको र सोहि बमोजिम छात्रबृति वितरणलाई अगाडी बढाउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै बैठकमा संस्थाको लेखा परिक्षण तथा वर्तमान अवस्था बारेमा समेत छलफल भएको छ । संस्थामा हालसम्म साधारण सदस्य १८ जना, आजिवन सदस्य ६० जना, विशिष्ट सदस्य ६ जना संस्थागत सदस्य ७ जना र पारिवारीक सदस्य १ जना गरि कुल ९२ जना सदस्यहरु आवद्ध भएको जानकारी दिईएको छ । यस्तै सदस्यहरुबाट हालसम्म संस्थामा कुल १० लाख ५० हजार ३६८ रुपैयाँ आम्दानी भएको र १४ हजार ४२० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । यस्तै बैठकबाट संस्थाको वार्षिक साधारण सभा आगामी माघ ९ गते सिद्धार्थ माविको सभाहलमा आयोजना गर्ने निर्णय भएको संस्थाका सचिव बद्री बहादुर पाठकले बताउनुभयो ।