काठमाडौँ । सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरूका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार बिहान हिमालय एयरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा.नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम छ ।