मकवानपुर । नेकपा एमाले मकवानपुरको १२औंजिल्ला अधिवेशन अन्तरगत आज दिउसो मतदान हुने भएको छ । जिल्ला अधिवेसनबाट नेतृत्वमा आउन चाहनेहरुबीच सर्वसम्मतिको प्रयासमा केही पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिनु भएको छ । एक अध्यक्षको लागि यस अघि ५ जनाको उम्मेदवारी दर्ता भएकोमा एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

अध्यक्षमा रघुनाथ खुलाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमालले उम्मेदवारी दर्ता गराउनु भएको थियो । खुलालले अध्यक्षबाट आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । उहाँले अर्का उम्मेदवार ईन्द्रमान स्याङतानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाउनुभएको छ । “पार्टीले अगाडी सारेको उम्मेदवार ईन्द्रमानको पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेको हुँ, भर्ममा नपर्नुहाेला ।” उहाँले भन्नुभयो ।

जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । कुल ७७७ जना अधिवेशन प्रतिनिधि रहेका छन । जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहेको अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी निर्माण गर्नेछ ।